logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नेप्से परिसूचक ४.५५ अंकले वृद्धि

    नेप्से परिसूचक ४.५५ अंकले वृद्धि

    1.7K
    Shares
    नेप्से परिसूचक ४.५५ अंकले वृद्धि

    काठमाडौं । साताको पहिलो कारोकारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आईतवार सकारात्मक देखिएको छ । आईतवार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंकले वृद्धि र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ ।

    आईतवार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने ८ वटा उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ । लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित्त उपसहुको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स,होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बीमा उपसमूहको सूचक सकरात्मक भएका छन् । यता व्यापार उपसमुहको सूचक १.४० प्रतिशतले घटेको छ ।

    आइतवार नेप्से परिसूचक बढेसँगै विजय लघुवित्तको शेयरमूल्य ७.९४ अंकले बढेको छ । यस्तै ग्रिन डेभलपमेण्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको शेयरमूल्य बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ । आइतवार हिमालयन डिस्टीलरीको १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend