logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • चिनियाँ पर्यटकको आगमनसँगै पोखरामा बढ्यो चहलपहल, होटल व्यवसायी उत्साहित

    चिनियाँ पर्यटकको आगमनसँगै पोखरामा बढ्यो चहलपहल, होटल व्यवसायी उत्साहित

    7.4K
    Shares
    चिनियाँ पर्यटकको आगमनसँगै पोखरामा बढ्यो चहलपहल, होटल व्यवसायी उत्साहित

    पोखरा ।  देशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित पोखरामा चिनियाँ पर्यटकहरुको आगमन हुन थालेसँगै पर्यटन व्यवसायीमा उत्साह छाएको छ ।
    कोभिड महामारीको विश्वब्यापी प्रभावका कारण लामो समयदेखि बन्द रहेको चीनसँगको तातोपानी नाका सरकारले खुला गरेसँगै चिनियाँ पर्यटक पोखरा घुम्न आउनेको संख्या बढेको हो । यससँगै पोखराका पर्यटन व्यवसायीहरु उत्साहित हुन थालेका छन् ।

    चिनियाँ पर्यटकको आगमन बढ्दै गएको र त्यसले होटल व्यवसायमा उत्साहजनक अवस्था सृजना गरेको पोखरास्थित होटल डेन्डेलियनका संचालिका सारा बोगटी बताउँछिन् । साहसिक खेल प्याराग्लाइडिङ, प्राकृतिक, सांस्कृतिक सम्पदा चिनियाँ पर्यटकले निकै रुचाउने भएकाले त्यसको भण्डार पोखरामा नै रहेकोले चिनियाँ पर्यटक पोखरा आउन रुचाउने उनको बुझाई छ।

    बोगटीका अनुसार अहिले पर्यटन वर्ष २०८० लाई लक्षित गरी पर्यटकमैत्री प्याकेज सहितका योजनासहित अगाडि बढेसँगै चिनियाँ पर्यटक क्रमिक रुपमा आउनेक्रम बढेको हो । ‘पर्यटकमैत्री प्याकेजसहित हामीले पर्यटकलाई अकर्षित गर्न खोज्दैछौँ, पर्यटन वर्ष २०८० लाई मूल रुपमा सफल पार्ने संकल्पसहित हाम्रा सेवा र सुविधालाई अनुकूल बनाउँदै लगेका छौं’ उनले भनिन् ।

    त्यस्तै डेन्डेलियन होटलका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर सुजन आचार्यले भने, ‘अहिले चिनियाँ पर्यटक भित्रिदैँछन्, पोखरा विस्तारै उनीहरुको प्रमुख रोजाईको पर्यटकीय स्थल बन्दै गएको छ ।’ ‘ पोखरामा क्षेत्रिय बिमानस्थल निर्माण भईसकेको सन्दर्भमा त्यसलाई संचालन गरेर पोखरा देखि चीनका विभिन्न सहर जोड्न सके पर्यटकको ओईरो नै लाग्छन।’  त्यसका लागि नेपाल सरकार बिशेष गरी पर्यटन मन्त्रालयले पहल गर्नुपर्ने उनले बताए।

    पोखराको मनोरम दृष्य, फेवाताल, अन्नपूर्ण हिमशृंखलाको सुन्दर दृश्य, अन्नपूर्ण हिमशृंखला र सूर्योदयको सुन्दर दृश्य हेर्न पर्यटयलाई पोखराले तानिरहेको हुन्छ । अग्ला सुन्दर हिमाल, पहाड, ताल र तलैया जस्ता प्राकृतिक सुन्दरताले गर्दा नेपाल घुम्न मन पर्ने पोखरा पुगेका एक चिनियाँ पर्यटकले सुनाए ।

    चिनियाँ पर्यटकको आकर्षण बढेसँगै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्नाकासाथै पर्यटन व्यवसायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएका पोखराका पर्यटन व्यवसायीले अन्य नाकाहरुमा पनि सहज आवातजावतको वातावरण निर्माण गरी पर्यटन प्रबद्र्धनमा सरकारले विशेष रुपमा ध्यानदिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
    पछिल्लो समय पोखरामा चिनियाँ मात्र होइन युरोप, अमेरिका, भारत र आन्तरिक पर्यटक समेत बढ्दै गएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend