logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ए डिभिजन लिगः खुमलटारमाथि मच्छिन्द्रको फराकिलो जित

    ए डिभिजन लिगः खुमलटारमाथि मच्छिन्द्रको फराकिलो जित

    1.7K
    Shares
    ए डिभिजन लिगः खुमलटारमाथि मच्छिन्द्रको फराकिलो जित

    काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक १० गोल भएको दिन मंगलवार साविक विजेता मच्छिन्द्र फुटबल क्लवले खुमलटारमाथि ७–३ को फराकिलो जित निकालेको छ ।

    ललितपुरस्थित च्यासल मैदानमा मंगलवार सम्पन्न लिगको आठौं चरण अन्तर्गतको खेलमा मच्छिन्द्रलाई जित दिलाउन ओलावाले अफिजले पाँच तथा विमल घर्तीमगर र विजय भुजेलले समान एक/एक गोल गरे । खुमलटारका लिग मेसौको ओलोमोउले दुई तथा स्टेफन विनोङले एक गोल फर्काउँदै अन्तर घटाएका थिए ।

    शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले अग्रता भने २५ औं मिनेटमा मात्र निकालेको थियो । अफिज ओलावालेको गोलमार्फत मच्छिन्द्रले शुरुवाती अग्रता लिएको थियो । अफिजले खुमलटारका रक्षकले गुमाएको बललाई नियन्त्रणमा लिँदै जाली चुमाउन सफल भएका थिए । त्यसको चार मिनेट पछि अफिजले नै टोलीको अग्रता दोब्बर बनाए । अफिजले भुटानी रोनाल्डो चेन्चो ग्याल्सेनको पासलाई खुमटारका रक्षक र गोलकिपरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा विमलले मच्छिन्द्रको अग्रता ३–० को बनाए ।

    पुजन उपरकोटीले हेडमार्फत उपलब्ध गराएको बललाई विमलले गोलमा परिणत गरेका थिए । चेन्चोको प्रहार खुमलटारका गोलकिपर देव लिम्बूले बचाउ गर्दा आएको रिबान्ड बललाई पुजनले हेडमार्फत विमललाई पास उपलब्ध गराएका थिए । एकतर्फी जस्तो देखिएको खेलको ५५ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दा मछिन्द्र ४–० ले अगाडी बढ्यो । विमलको प्रहारमा खुमलटारका रक्षक पदम भट्टराईले ह्याण्ड गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसमा ओलावालेले सहजै गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।

    ६१ औं मिनेटमा खुमलटारका ओलोमोउले गोल गर्दा खेल ४–१ को स्थितमा पुगेको थियो । ओलोमोउले विनोङको क्रसलाई नियन्त्रणमा लिँदै मच्छिन्द्रका रक्षकलाई बिट गर्दै पेनाल्टी बक्स भित्रबाट जाली चुमाउन सफल भएका थिए । ६२ औं मिनेटमा ओलावालेले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गर्दा ६७ औं मिनेटमा आन्द्रेस नियाको क्रसलाई नियन्त्रणमा लिँदै ओलावालले व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरे ।

    ७६ औं मिनेटमा मच्छिन्द्रका रक्षकले रेजिन सुब्बालाई फाउल गरेपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो । विनोङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ६–२ को स्थितमा ल्याए । ८१ औं मिनेटमा ओलोमोउले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ६–३ को स्थितीमा आयो । ८६ औं मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रको फराकिलो जित निश्चित गरेका हुन् । यस जितसँगै मच्छिन्द्रले आठ खेलमा १२ अंक जोड्दा पराजय व्यहोरेको खुमलटारको समान खेलबाट ७ अंक भएको छ ।

    लिग अन्तर्गत मंगलवार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले जावलाखेल युथ क्लवलाई ३–१ गोल अन्तरले पराति ग¥यो । खेलको १६ औं मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो । सेसेहाङ आङदेम्बेको पसमा जिलेस्पीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलको ५४ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमाफर्त गोल गर्दै आर्मीले अग्रता दोब्बर बनायो । जावलाखेलका रक्षकले जगजित श्रेष्ठलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । जसमा नवयुगले सहजै गोल गर्न सफल भएका हुन् ।

    ६२ औं मिनेटमा जावलाखेलका सुनिल खड्काले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि खेल सकिन १० मिनेट बाँकी रहँदा सुदिल राईले गोल गर्दै आर्मीको जित निश्चित गरे । बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो । यस नतिजासँगै आर्मीले ८ खेलबाट तेस्रो जित निकाल्न सफल भएको छ । आर्मीले १२ अंक जोडेको छ । पराजित जावलाखेलको समान खेलबाट १४ अंक छ ।

    लिगमा मंगलवार तीन खेल हुनेछन् । पहिलो खेल एपिएफ फुटबल क्लव र हिमालयन शेर्पा क्लवबीच च्यासल मैदानमा हुनेछ भने दोस्रो खेल न्युरोड टिम (एनआरटी) र संकटाबीच दशरथ रंगशालामा हुनेछ । यस्तै तेस्रो खेल साँझ मनाङ मस्र्याङ्दी फुटबल क्लब र सातदोबाटो युथ क्लवबीच दशरथ रंगशलामा नै हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend