logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • चार दशमलव २७ अङ्कले घट्यो नेप्से

    चार दशमलव २७ अङ्कले घट्यो नेप्से

    1.5K
    Shares
    चार दशमलव २७ अङ्कले घट्यो नेप्से

    काठमाडौँ । आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो ।

    नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ ।

    आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो देखिएका छन् । विकास बैंक समूह एक दशमलव ५९, वित्त समूह दुई दशमलव १८ र होटल तथा पर्यटन समूह १० दशमलव १७ अङ्कले बढेका छन् ।

    त्यस्तै, जीवन बीमा तीन दशमलव ९३, उत्पादन तथा प्रशोधन नौ दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव २४ अङ्कले बढेको छ । आज घट्नेमा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ३१ दशमलव ५७ अङ्कले घटेको छ ।

    त्यसैगरी, बैंकिङ समूह एक दशमलव ०६, जलविद्युत् समूह २० दशमलव ६६, लगानी समूह शून्य दशमलव १६, लघुवित्त समूह २० दशमलव ६० र निर्जीवन बीमा समूह २६ दशमलव २५ अङ्कले घटेको छ ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend