logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • तेलको उत्खनन गर्दै छौ, फलाम खानी खोज्दै छौ – प्रधानमन्त्री ओली

    तेलको उत्खनन गर्दै छौ, फलाम खानी खोज्दै छौ – प्रधानमन्त्री ओली

    6.4K
    Shares

    काठमाडौं,१२ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तेलको उत्खनन गर्दै गरेको र फलाम खानी खोज्दै गरेको बताउनु भएको छ ।

    प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले भन्दै नेपाल सिमेन्टमा आत्मनिर्भर भैसकेको र निर्यात गर्ने अवस्थामा पुगेको भन्दै केहि नगरेको भनेर केहि समुहले सरकारका बिरुद्ध प्रचार गरेको बताउनु भएको छ।

    त्यस्तै नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताउनु भयो यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । ‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो, कालीमाटीलाई लिजमा दिइयो, चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ।’ प्रधानमन्त्री ओलीले यति समूहलाई जग्गा लिजमा दिइएको बारे छानविन हुने बताउनुभयो ।

    पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा दिइएको दाबी गर्दे उहाँले अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको बताउनुभयो । ‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो।

    बेरोजगार युवाहरुको बारेमा बोल्दै प्रधानमन्त्रीले हाम्रो बेरोजगारी अलिकति सक्कली अलिकति नक्कली छ । हामीले सहि मार्गनिर्देशन गर्न नसक्दा हाम्रा युवाहरू आफ्नो जमिन वाझो छोडेर अरबमा गएर भेडा चराएका छ्न । तिनीहरुलाई हामीले सहि निर्देशन सहि बाटो देखाउन जरुरी भएको प्रधानमन्त्रीको भनाइ थियो ।

    हेर्नुहोस् प्रधानमन्त्री ओलीको पुरा सम्बोधन


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend