logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • अन्तत: एसपी दान बहादुर मल्लले भाबुक हुदै चितवन छोडे,जादा जादै के भने हेर्नुहोस भिडियो सहित

    अन्तत: एसपी दान बहादुर मल्लले भाबुक हुदै चितवन छोडे,जादा जादै के भने हेर्नुहोस भिडियो सहित

    4.2K
    Shares

    चितवन : चितवनबाट शुक्रबार विदाई भएका प्रहरी उपरीक्षक दानबहादुर मल्लले छोटो समयमा धेरै काम गर्न सफल भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको विदाई कार्यक्रममा प्रहरी उपरीक्ष मल्लले १ वर्षभित्र गर्ने काम ६ महिनामा पुरा गरेको प्रतिक्रिया दिएका छन् ।

    हेर्नुहोस चितवन छोड्नु अघि एसपी मल्लले गरेको सम्बोधन
     

    करीब ७ महिना ४ दिनको चितवन बसाईपछि जाँदा जाँदै उनले भने–चितवनमा आउदाँ जति उत्साहका साथ आएको थिए, जादाँ पनि उत्साह घटेको छैन । यहाँ आएको ७ महिनाको अवधिमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेखिय सुधार भएको छ । यसलाई सफल पार्न चितवन प्रहरीका सम्पूर्ण टोली क्रेडिट दिन चहान्छु ।

    चितवनको कमाण्ड सम्हालेका उनले सम्झे–चितवन आउने क्रममा चार्ज नबुझ्दै यहाँ रंगशालामा डोजर काण्ड लागेको थियो । आउनसाथ सो काण्डका अभियुक्तलाई नियन्त्रण लिएको स्मरण गरे । अहिले त्यो मुद्दा किनारा लागेको छ ।’

    त्यस्तै उनले शालिकराम पुडासैनी प्रकरणमा चितवन प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गर्न सक्षम भएको बताए । चितवन जिल्ला नेपालको मध्य भागमा रहेकाले यहाँको विषयले राष्ट्रियकरण भई हाल्ने समस्या रहेको उनको भनाई थियो ।

    संगठनको जिम्मेवार अधिकृत भएका कारण सुरुवा भएको स्थानमा जान लागेको छु, उनले भने म सरुवा भएको स्थानमा यही जोश जागरका साथ काम गर्ने छु । म संयुक्त राष्ट्र संघमा विमान स्थलको सुरक्षा सम्बन्धी काम गरेको थिए । अब यही सीप त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा गएर प्रयोग गर्छु ।

    चितवन प्रहरीलाई उनले भने –नगारिकको विश्वास जित्नु सबैभन्दा ठूलो कुरा हो । प्रहरी अधिकारी को आउँछ जान्छ, त्यो सरोकार हुँदैन । नेपाल प्रहरीको नीति अनुसार अघि बढ्नुस् ।

    जिल्लालाई समृद्ध बनाउने काममा लय पक्डिएको थियो, यही समयमा सुरुवा भयो, उनले भने– बाँकी कामको निरन्तरता दिन निर्देशन दिए ।

    चितवन बसाँईका क्रममा यो अवधीमा जुनियर अफिसर सरह काम गरे । अझै केही स्थान र काम गर्न भने बाँकी रहेको उनले बताए । यो क्रममा शान्तिपूर्ण रुपमा उप–निर्वाचन, मेला महोत्सवहरुलाई आवश्यक सुरक्षा दिएको बताए ।

    उनले चितवनमा सदाबाहर रुपमा रहेको चितवन मेडिकल कलेजको अन्दोलन मथ्थर पारेको उल्लेख गरे । प्रहरी उपरीक्षक मल्लले सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत गाँउ गाँउमा गएर ८ सय कार्यक्रम गरेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend