सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

हेमन्त कान्छा रसाइलीको कर्खा गीत ‘किन होला खै’ बजारमा (भिडियो)

हेमन्त कान्छा रसाइलीको कर्खा गीत ‘किन होला खै’ बजारमा (भिडियो)

पौष २० काठमाडौं विविध जातजाति तथा संस्कृतीले भरिएको देशलाई आफ्ना गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् । पछिल्लो समय गन्धर्व जातिहरुको मौलिक गीत कर्खा लोपोन्मुख अवस्थामा रहेको छ ।

वीरहरूले देशका लागि लडेका र सहादत प्राप्त गरेका घटनालाई आधार बनाएर कर्खा लेखिन्थ्यो । बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाका वीरताका गाथा सारंगीको धुनमा लय मिलाउँदै गाउँथे ।

लोक गीत संगीत क्षेत्रमा फरक पहिचान र मौलिकतामा ध्यान दिंदै आएका गायक तथा सर्जक हेमन्त कान्छा रसाइली यतिबेला लोपोन्मुख अवस्थामा रहेको कर्खा गीत ‘किन होला खै’ लिएर आएका छन् ।

मौलिक गीतमा स्वर नेपाली गीत संगीतमा कर्णप्रिय स्वर दिँदै आएका रसाईली आफैले दिएका छन् भने गीतको शब्द संगीत राजकुमार बगरको रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend