logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्रचण्डसंगको पहिलो अन्तरवार्तामा डराए, फायर साइडमा यी दुई व्यक्तिको अन्तरवार्ता छुट्यो -भूषण दाहाल

    प्रचण्डसंगको पहिलो अन्तरवार्तामा डराए, फायर साइडमा यी दुई व्यक्तिको अन्तरवार्ता छुट्यो -भूषण दाहाल

    5.1K
    Shares

    माघ ९ काठमाडौं करिब डेढ दशक भन्दा बढी लामो समयसम्म कान्तिपुर टेलिभिजनको कार्यक्रम “फायर साइड”का प्रस्तोताको रुपमा काम गरेका वरिष्ठ पत्रकार भूषण दाहालले जिम्मेवारीबाट राजीनामा दिएका छन्। दाहालले राजिनामा दिएपछि अबको उनको आगामी योजना के छ त भन्ने जिज्ञासा उनका आम समर्थकहरुमा रहेको छ।

    डेढ दशक भन्दा बढी लामो समयदेखिको जागिरे जीवनका उतारचडाव, आउँदा दिनहरुका योजना लगायतका विविध विषयमा हामीले दाहालसंग कुराकानी गरेका छौं। कुराकानीका क्रममा उनले आफुँ कुनै वाध्यता र आवस्यकता भन्दा पनि आफ्नो स्वेच्छाले यति लामो जागिरे जीवन छाडेको बताए। यो समयका दौरान कसैप्रति आग्रह–पूर्वाग्रह नराखी तटस्थता प्रस्तुत गरेकै कारण कार्यक्रम “फायर साइड” धेरैले रुचाएको कार्यक्रम रहेको उनको धारणा छ।

    फरकफरक क्षेत्रसंग सम्बद्ध लगभग सबैजसो मुख्य पात्रसँग अन्तर्वार्ता रेकर्ड गराएका दाहाल नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र पूर्वराजा ज्ञानेन्द्र शाहसंग अन्तरवार्ता गर्न चाहना हुँदाहुँदै पनि विविध कारणबस त्यो पुरा हुन नसकेकोमा अलिकति अधुरोपन अनुभूति गरेको बताउँछन्।

    त्यस्तै हालका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसंग पहिलोपटक अन्तरवार्ता रेकर्ड गर्दा आफु निकै डराएको र खुट्टा तिरको भाग अन्तरवार्ता भरीनै कामेको बताउछन। त्यतिबेलाको उहाँको पर्सनालिटी र साच्चीकै केही गर्ने जस्तो नेता सोचेका कारण त्यस्तो भएको उनको बुझाई छ तर समय क्रम उनका प्रस्तुती र उनका कामले बिस्तारै उहाँसंग डराउन नपर्ने स्थिति आयो सुनौलो नेपालसंगको कुराकानी उनले भने ।

    प्रस्तुत छ भूषण दाहालको १८ बर्षे टेलीभिजन यात्रामा चाखलाग्दा अनुभव र अनुभुतीका बिषयमा सुनौलो नेपालका लागि सन्तोष निरौलाले गरेको कुराकानी:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend