logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • एसिया कप क्रिकेटः अपराजित भारत र बङ्गलादेश भिड्दै

    एसिया कप क्रिकेटः अपराजित भारत र बङ्गलादेश भिड्दै

    5.2K
    Shares
    एसिया कप क्रिकेटः अपराजित भारत र बङ्गलादेश भिड्दै

    काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर फोर’ चरणको अन्तिम खेल शुक्रबार भारत र बंगलादेशबीच खेलिँदै छ । भारत र बंगलादेशबीचको उक्त खेलको नतिजाले फाइनल प्रवेशको समीकरणलाई भने कुनै असर पार्ने छैन ।

    भारत र श्रीलङ्का यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । बङ्गलादेश र पाकिस्तान भने उपाधि होडबाट बाहिरिइसकेका छन् । ‘सुपर फोर’ चरणको आफ्नो अन्तिम खेलमा बिहीबार राति श्रीलङ्कासँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित भएपछि पाकिस्तान उपाधि होडबाट बाहिराएको हो ।

    प्रतियोगिताको फाइनल खेल आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ । यो एसिया कपमा भारत एकमात्र अपराजित टोली हो । जारी एसिया कपमा भारतविरुद्धको खेलमा सर्वाधिक रन बनाउने टोली भने नेपाल हो । यद्यपि, वर्षाबाट प्रभावित उक्त खेलमा भारतले नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको थियो


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend