२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै र कर्णालीमै हुन्छ : खेलकुदमन्त्री चौधरी

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गरेका छन् । आईतबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो दाबी गरेका हुन् ।

उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु कर्णालीमै र फागुनभित्रै हुने प्रतिवद्धता जनाए । उनले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरुसँग आग्रह गरे । उनले दशौं राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताए ।

प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गरे । भौतिक पूर्वाधार करिव सकिएको र अहिले पनि खेलाडीहरुको व्यवस्थापन ठूलो चुनौति रहेको बताए ।

उनले भने, ‘कसले भ्रम सिर्जना गरिदियो, कुन पत्रिकाले निकालिदियो, कर्णालीमा खेल हुँदैन, कर्णालीमा यो हुँदैन भनेर । तपाईंहरुले कुन पत्रिकामा पढ्नुभयो, कहाँ पढ्नुभयो । तपाईंहरुले प्रदेश सरकारले करोडौं लगानी गरेर रंगशाला बनाएको छ । तपाईंहरु ढुक्का हुनुस् ।

खेलकुद कर्णालीमै हुन्छ, त्यसमा पनि फागुनमै हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु, पत्रिकाले के लेख्छ, के लेख्दैन ? पत्रिकाको पछाडि नगइदिन आग्रह गरेँ । किनभने प्रदेश सरकारले लगानी गरेको ठाउँमा खेल हुन्छ । कर्णालीमै हुन्छ, त्यसमा पनि हाम्रो सोच हन्ड्रेड टेन प्रसेन्ट, फागुनभित्रै हुन्छ । एउटा डेट सकियो अब अर्को डेट परिवर्तन हुनेछैन ।’

मन्त्री चौधरीले देश र युवाहरुको चाहना खेलकुदमा सोचे भन्दा बढी आकर्षण रहेको बताए । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरुको चाहना पूरा गर्न नसकिने उल्लेख गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट