२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

चितवन राइनोजलाई काठमाडौँ गुर्खाजले दियो ११२ रनको लक्ष्य

सोमवार , मंसिर १७, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले ११२ रनको लक्ष्य पाएको छ ।

टस जितेर बलिङ गरेको चितवन राइनोजलाई काठमाडौं गुर्खाजले ११२ रनको लक्ष्य दिएको हो ।

निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै काठमाडौँले १ सय ११ रन बनाएको हो । काठमाडौं गुर्खाजका ब्याटमान नचल्दा १११ रनमै सिमिति भयो ।

माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।

टीयु क्रिकेट मैदानमा खेल जारी छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट