२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएल : काठमाडौँ गुर्खाजलाई चितवन राईनोजले ५ विकेटले हरायो

सोमवार , मंसिर १७, २०८१

काठमाडौँ । काठमाठौँ गुर्खाजविरुद्ध चितवन राईनोजले ५ विकेटले जितेको छ ।

काठमाडौँले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभरमा ५ विकेट गुमाउदै १ सय १४ रन बनायो ।

चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए।

बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए।

माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट