२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कर्णाली याक्सले दियो जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमाडौंका जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्नर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको हो ।

कर्णालीका कप्तान सोमपाल कामी १३ बलमा २९ रनमा अविजित रहे । अर्जुन घर्तीले २२ बलमा ३३ रन बनाए । गुल्सन झाले ३६ रनको योगदान दिए ।

भारतिय चर्चित खेलाडी शिखर धवन १४ बलमा १४ रन बनाउँदै आउट भए ।

बलिङमा जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट