२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

शिर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप भएन : सोमपाल कामी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । कर्णाली याक्सका कप्तान सोमपाल कामीले माथिल्लो क्रमका शिर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप योगफलमा ३० रन कम भएको बताएका छन् ।

जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो हारपछि कप्तान सोमपालले १७० रन सम्मको योगफल बनाउने लक्ष्य भए पनि शिर्ष पाँच ब्याटरले राम्रो भुमिका खेल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका छन् । आजको पिचमा खेल्न सहज नभए पनि जनकपुरका कप्तान अनिल साह र आसिफ शेखले राम्रो सट सेलेक्सनसँगै राम्रो ब्याटिङ गरेको उनको भनाइ थियो ।

उनले आगामी खेलमा घरेलु खेलाडीले सुधार गर्दै जित दिलाउने विश्वास व्यक्त गरे । विदेशी खेलाडीले आशा गरेअनुरूप खेल्न नसकेको भन्दा पनि उनीहरूलाई पिच बुझ्न गाह्रो भएको सोमपाल बताए । उनले आफ्नो टोलीमा ब्याटर र बलर राम्रो रहेको पनि बताए । तर आगामी दिनमा गल्ती सुधार गर्दै जित निकाल्ने उनको विश्वास छ ।

जनकपुर बोल्ट्का प्रशिक्षक पुबुदु दसानायकेले टोलीको योजनाअनुरूप नतिजा आएको बताए । उनले खेल्दै गएपछि पिच राम्रो हुँदै जाने भएकाले पछि ब्याटिङ गर्दा केही सहज हुनेमा विश्वस्त रहेको बताए । प्रशिक्षक पुबुदुले अन्तिम दुई ओभर आफूहरूका लागि राम्रो नभएको पनि उल्लेख गरे ।

विदेशी खेलाडीहरू ब्याटिङमा संघर्ष गर्दा अनिल साह र आसिफ शेखले राम्रो गर्न सकेकोमा प्रशिक्षक पुपुदु खुशी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट