काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्समाथि निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८२ रन हान्यो ।
सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले विराटनगरविरुद्ध अर्थशतक प्रहार गरे । उनले २४ बलमा ५७ रन जोडे । उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले ।
सुदूरपश्चिमका ब्रान्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए । यस्तै इशान पाण्डेले १६ बलमा २१ रन जोडे ।
विराटनगरका स्पिनर अनिल खरेलले ४ ओभरमा २६ रन खर्चेर तीन विकेट लिएका थिए । यस्तै, बसिर अहमद क्रिस सोल र इस्मत आलमले १–१ विकेट बाँडे । प्रतिश र कप्तान सन्दीप लामिछाने विकेटविहिन रहे ।
प्रतिक्रिया दिनुहोस