२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पोखराले जनकपुर बोल्ट्सलाई दियो १३९ रनको लक्ष्य

बिहिवार , मंसिर २०, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ।

टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो।

पोखराका लागि दिनेश खरेलले १० रन जोडे ।

अर्का आन्द्रेस गौसले २० रन जोडे। अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

कप्तान कुशल भुर्तेलले ६ रन बनाए मा स्टमपिन भए। दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे।

मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे।

बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए।

जनकपुरले यसअघिका दुवै खेलमा जित निकालेको थियो। पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट