२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अदालतमा उपस्थित भइन् सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला

बुधवार , पौष २४, २०८१

विराटनगर । सहकारी ठगी प्रकरणमा फरार रहेकी भनिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी छिन् ।

उनी मोरङको धनपालथान ४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्न रहेकी हुन् ।

मोरङ जिल्ला अदालत स्रोतका अनुसार आज अदालत खुल्ने बित्तिकै उनी हाजिर भएकी हुन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको छ ।

बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट