२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई धरौटीमा छाड्न आदेश

बुधवार , पौष २४, २०८१

विराटनगर । सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइरालालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

सहकारीको बचत अपचलन आरोपमा फरार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो । उनले धरौटी बुझाइसकेकी छन् ।

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

सो प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

अदालतको आदेश :

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट