२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछाने भने : देशको भविष्य युवाको हातमा आउँदैछ, क्रान्तिका लागि तयार रहनुहास्

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई क्रान्तिका लागि तयार अवस्थामा रहन आग्रह गरेका छन् ।

शुक्रबार स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत पाटनमा पुनरावेदन गरेर बाहिरिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘समय चाँडै नै आउँदैछ । म सबैलाई तयार रहनका लागि भन्न चाहान्छु, गेट रेडी फर द रेभोलुशन ।’

उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको बताए । उनले यो सरकारको लाज छोप्नु पर्ने र अझै ठाउँठाउँमा पुग्नुपर्ने बताए ।

लामिछानेले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको बताए । साथै उनले यो गम्भिर हुने समय रहेको समेत बताए ।

सभापति लामिछानेले शुक्रबार आफ्ना कानुन व्यवसायीसहित अदालत पुगेर जिल्ला अदालत काठमाडौँको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका हुन् । उनले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट