२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

देशभर निर्वाचनको वातावरण बनेको छ, सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री अर्याल

शनिवार , माघ २४, २०८२

त्रिशूली (नुवाकोट) । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् ।

निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

“वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ”, देशभर निर्वाचनको वातावरण बनेको बताउँदै गृहमन्त्रीले भने ।

मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनmे बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट