२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कांग्रेसको चुनावी नीतिः 'फागुन २१ का लागि मेरो २१ दिन´

आइतवार , माघ २५, २०८२

काठमाडौं । कांग्रेसका सबै नेता–कार्यकर्ता ‘फागुन २१ को आमचुनावका लागि मेरो २१ दिन' भन्ने प्रतिबद्धताकासाथ “जसको पदीय जिम्मेवारी जहाँ, उसले त्यहीँ खट्ने” नीति अनुसार निर्वाचनमा सक्रिय हुने भएका छन् ।

कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समितिको भर्चुअल बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा तयार भएको निर्वाचन परिचालन निर्देशिका २०८२ पारित गर्दै यस्तो निर्णय गरेको हो ।

निर्देशिकाअनुसार, केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले तोकेको जिम्मेवारी लिएर प्रतिनिधिहरू निश्चित स्थानमा काम सम्पन्न गरी पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित हुने व्यवस्था छ।

तोकिएको जिम्मेवारी बाहेक, अन्य सबै पदाधिकारी र सदस्यहरू आफ्नै क्षेत्रमा केन्द्रित रहनेछन्।

‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर ञहाम्रो वडा हामी जिताउँछौझ उद्घोषसाथ आआफ्नै वडामा खट्नुहुनेछ,’ निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट