२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

देश बचाउनका लागि चुनावमा होमियौँ : अध्यक्ष लिङ्देन

आइतवार , माघ २५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभएपनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताए ।

आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेद्वारहरुसंगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको चुनावले देशको समस्या समाधान गर्न नसकेपनि देशलाई थप संकटबाट बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका हुन् । नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नव युवा पुस्ताको बीच नविनतम सम्झौता नभइ मुलुकको समस्या समाधान हुन नसक्ने उनले बताए ।

लिङ्देनले एउटा प्रजातान्त्रिक पार्टी हुनको नाताले विद्रोहमा जानुभन्दा चुनावलाई उपयोग गर्ने भनेर चुनावमा सहभागी भएको धारणा राखे ।

उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देशै रहने कि नरहने भन्ने अवस्थामा पुगेको बताए । राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण राख्ने पार्टी भएकाले मौका पाए देशलाई सफल बनाएरै छाड्ने उल्लेख गरे ।

लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट