काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
आइतबार इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनायो ।
नेपालका ओपनर कुशल भुर्तेलले २९ रन बनाए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९ रन बनाउँदा लोकेश बम ३९ रनमा अविजित रहे ।
बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
इंग्ल्यान्डका ज्याकब बेथेलले ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए भने विल ज्याक्सले ३९ रन बनाए ।
बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।
शनिबारदेखि सञ्चालन भएको विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छ । नेपालले आफ्नो दोस्रो खेल यही माघ २९ गते इटालीसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस