मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा टस हारेर नेपालले वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा नेपाली टोलीमा परिवर्तन गरिएको छ । टोलिमा सोमपाल कामी फर्किएका छन् भने ललित राजवंशी बेन्चमा रहेका छन् । योसँगै सोमपालले इतिहास रचेका छन्।
वेस्ट इन्डिजविरूद्ध खेलमा प्लेइङ-११ परेसँगै सोमपालले इतिहास रचेका हुन्। उनी नेपालका लागि तीन विश्वकप खेल्ने पहिलो खेलाडी बनेका हुन्।
प्रतिक्रिया दिनुहोस