२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दिपेन्द्र-सोमपालको उत्कृष्ट साझेदारीमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले एक सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभरको क्षतिमा ८ विकेट गुमाउँदै एक सय ३३ रन जोड्न सफल भएको हो ।

खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाललाई लज्जास्पद स्कोरबाट सुरक्षित राखे । उनीे ४७ बलमा ५८ रन जोडेर आउट भए । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सुवास खकुरेलले अर्धशतक बनाएका थिए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे ।

नेपालका लागि लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रनको योगदान गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ