२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको आग्रह

मंगलवार , बैशाख २२, २०८३

पाटन (ललितपुर) । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि निष्पक्ष र न्यायोचित रूपमा छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा प्रदेश सुशासन केन्द्र जावलाखेलमा आज बसेको प्रदेश संसदीय दलको बैठकले सम्पत्ति शुद्धीकरणका विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गर्ने निर्णय भएको प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट