२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महासंघको कार्यकारिणी समिति सदस्यमा सागर ढकाल निर्वाचित, पाए दोस्रो सर्वाधिक मत

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत समूहबाट सागर ढकाल कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन् । उनी दोस्रो उच्च मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचनमा पाएको समर्थनप्रति आभार व्यक्त गर्दै नव–निर्वाचित सदस्य ढकालले सम्पूर्ण वस्तुगत अध्यक्ष तथा प्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले यो जनसमर्थनलाई निजी क्षेत्रप्रतिको विश्वासको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नोटर्फबाट निजी क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र व्यवसायमैत्री नीति निर्माण, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि धेरै काम गर्ने बताएका छन् ।

साथै, उनले उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिने बताए ।

उनले साना तथा मझौला उद्यमलाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफूले जोड दिने बताए ।

त्यस्तै, ढकालले आफ्नो कार्यकालमालाई प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्ने यस महत्वपूर्ण जिम्मेवारीमा उनको विजयलाई व्यवसायीले सकारात्मक रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ