logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालले जिम्बावे‘ए’ लाई दियो १८२ रनको लक्ष्य

    नेपालले जिम्बावे‘ए’ लाई दियो १८२ रनको लक्ष्य

    6.9K
    Shares

     

    काठमाडौं । आदील आलमको अविजित ४७ रनप्रेरित नेपालले आइतबार जिम्बाब्वे ‘ए’लाई पहिलो ट्वान्टी–२० क्रिकेटमा जितका लागि १८२ रनले लक्ष्य पेश गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस हारेर ब्याटिङका लागि निम्त्याईएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको हो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रन बनाए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि २७ रनकाले साझेदारी गरेका थिए । कुशलले दोस्रो विकेटका लागि रोहितकुमार पौडेलसँग ५७ रनको साझेदारी गरेका थिए । आसिफले ९ रन बनाए भने रोहितकुमारले ३६ रन बनाए ।

    रोहितकुमार र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे । दीपेन्द्रसिंह २८ रन जोड्दा रनआउट भएका थिए । लगत्तै आरिफ शेख दुई रन बनाएर पवेलियन फर्किए । आदीलले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । करण केसी ९ रन अविजित रहे ।

    जिम्बाब्वेका ब्राड इभान्स, ब्रेन्डन माभुता, जोन मासारा र लुक जोङवेले एक एक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend