logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • जिम्बावे ए टिमले दोस्रो एकदिवसिय खेलमा नेपाललाई मात्र ८८ रनको लक्ष्य

    जिम्बावे ए टिमले दोस्रो एकदिवसिय खेलमा नेपाललाई मात्र ८८ रनको लक्ष्य

    6.4K
    Shares

    काठमाडौं । जिम्बावे ए टिमले दोस्रो एकदिवसिय खेलमा नेपाललाई मात्र ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ए टिमले ३१ ओभर पाँच बलमा मात्र ८७ रनमा अलआउट भयो ।

    जिम्बावे ए टिमले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । पहिलो खेलमा जिम्बावे ए टिमलाई जित दिलाउन महत्वपुर्ण भूमीका खेलेका इनोसेन्ट काया पहिलो बलमा नै खाता खोल्न नपाउँदै आउट भए ।

    त्यसपछि जिम्बावे ए टिमको स्कोर १५ रन हुँदा दोस्रो विकेट झर्यो । उसका मरुमानी चार रनमा आउट भए । त्यसपछि सेपास जुओ १० रनमा आउट हुँदा जिम्बावे ए टिमले २० रनमा तेस्रो विकेट गुमायो ।

    अन्तिममा जिम्बावे ए टिम ८७ रनमा अलआउट भयो । बलिङमा नेपालका लागि करण केसी र सोमपाल कामीले समान तीन तीन विकेट लिए । यस्तै सागर ढकालले एक तथा सन्दिप लामिछानले दुई विकेट हात पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend