logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

    झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

    6.6K
    Shares
    झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

    झापा । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा छ लाख तीन हजार छ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् ।

    स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाता २४ हजार नौ सय ९२ सहित सो सङ्ख्याले मतदान गर्ने कार्यालयले जनाएको हो । नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए ।

    उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी सङ्ख्या यकिन गरिने बताए ।

    पन्ध्र पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले हालै दुई सय ८५ वटा मतदानस्थल निर्वाचन कार्यालयलाई सिफारिस गरेको छ । समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको सङ्ख्यालाई आधार मानरे मात्र तय गरिने उनको भनाइ छ । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend