logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    14.4K
    Shares
    मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

     

    मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय कुमार राईको मृत्यु भएको हो।

    पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुन्दरहरैंचा–४ का २९ वर्षीय राई गम्भीर घाइते भएका थिए।

    प्रहरी निरीक्षक कार्कीका अनुसार घाइते राईलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनामा टिपर चालक इटहरीका ३७ वर्षीय राजकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend