logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने ९२ करोडमा सीमित

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने ९२ करोडमा सीमित

    3.5K
    Shares
    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने ९२ करोडमा सीमित

    काठमाडौं । बिहीबार नेप्से परिसूचक ११.५६ अंकले बढेको छ। आज नेप्से ०.६० प्रतिशतले बढेर १९३३.५५ बिन्दुमा पुगेर बन्द भएको छ।

    नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा कमी आएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँमा सीमित भएको छ।

    यस दिन २३२ वटा धितोपत्रको २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच भएको छ।बिहीबार घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ।

    कम्पनीको सेयर मूल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१९ रुपैयाँमा बन्द भएको छ।त्यस्तै, आरएमडिसी लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८८४ रुपैयाँ कायम भएको छ।

    यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा किसान लघुवित्तको रहेको छ। उक्त कम्पनीको सेयर मूल्य २.८९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७८५ रुपैयाँ १० पैसामा झरेको छ।

    त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई मूल्य २.०८ प्रतिशतले घटेर प्रति इकाई मूल्य ८ रुपैयाँ ०२ पैसा कायम भएको छ। यस दिन सर्वाधिक सेयर खरिद–बिक्री शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भएको छ। कम्पनीले आज १४ प्रतिशत लाभांश दिने घोषणा गरेसँगै सर्वाधिक सेयर खरिद–बिक्री भएको हो।

    यस वर्ष कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। यस दिन कम्पनीको ३४३ रुपैयाँमा ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.८९ प्रतिशतले बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको ३ हजार ९३० रुपैयाँमा ६ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक ०.०४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले बढेको छ।

    त्यस्तै, व्यापार समूहको परिसूचक १.२७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१८ प्रतिशत, वित्त समूहको १.१४ प्रतिशत र विकास बैंक समूहको परिसूचक १.११ प्रतिशतले बढेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend