logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सुनको मूल्य प्रतितोला रु एक लाख, चाँदीको कति ?

    सुनको मूल्य प्रतितोला रु एक लाख, चाँदीको कति ?

    1.8K
    Shares
    सुनको मूल्य प्रतितोला रु एक लाख, चाँदीको कति ?

    काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend