काठमाडौँ । नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा भैरहेको उद्घाटन खेल दिउँसो १२ : १५ बजेबाट सुरु भएको छ ।
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् ।
विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् ।
खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रशारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ । त्यस्तै युट्युबमा एक्सन स्पोर्टसमार्फत पनि यसलाई हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस