२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

२५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सार्वजनिक

मंगलवार , चैत्र ४, २०८१

काठमाडौँ । २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रूपैयाँसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरेर उक्त रकम रसुवागढीको केरुङ नाका हुँदै चीनतर्फ लग्दै गरेको सूचनाको आधारमा बरामद गरिएको जनाएको छ । सोक्रममा ट्रक चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका–१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् ।

पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट