२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कवि श्रेष्ठको एकल कविता वाचन: काठमाडौँका विकृतिहरु कविताको माध्यमबाट कटाक्ष

आइतवार , चैत्र ९, २०८१

काठमाडौँ । कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन मदन भण्डारी फाउन्डेसनको आयोजनामा ‘श्वेत शार्दूलः एक यात्रा कविको शिविर’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कवि श्रेष्ठले जीवन र जगतसँग सम्बन्धित कवितासँगै व्यंग्यात्मक कविता र गजलहरू प्रस्तुत गरेका थिए। उनले काठमाडौँका विकृतिहरूलाई आफ्नो कविताको माध्यमबाट कटाक्ष गरेका थिए।

‘ओ काठमाडौँ उठ’ कवितामार्फत उनले काठमाडौंमा आपराधिक गतिविधि मौलाउँदै गएको, बागमती र विष्णुमती नदीमा बढेको फोहोरप्रति चिन्ता व्यक्त गरे।

श्रेष्ठले आफू नेवार समुदायको सन्तान भएको बताउँदै आफ्ना पुर्खाहरू भक्तपुरबाट पोखरा झरेको स्मरण गरे। उनले ‘काठमाडौं खाल्डो’ कविता वाचन गर्दै काठमाडौँको इतिहास र वर्तमान अवस्था झल्काए।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाज बुझ्ने प्रभावशाली माध्यम भएको बताइन्। खभण्डारीले भाषा, कला र साहित्य समाज विकासका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै पहिलो पटक एकल कविता वाचन कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी केवल राजनीतिमा मात्र सीमित नभई साहित्यसँग पनि जोडिएको हुँदा यस प्रकारका साहित्यिक कार्यक्रमको आयोजना गरिएको बताइन्।

कवि तीर्थ श्रेष्ठले कार्यक्रमका लागि संयोजनकारी भूमिका निर्वाह गरेकोमा प्रभु बैंकका सीईओ अशोक शेरचनलाई धन्यवाद दिए। उनले भने भने, ‘अशोकजी मेरा लागि माया हो। यसअघि पनि मैले एकल कविता वाचन गर्दा उहाँले नै यस्तै संयोजनकारी प्रेम देखाउनु भएको थियो। यसपटक पनि उहाँकै कारण यो कार्यक्रम सम्भव भयो।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट