काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारको नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा च्याम्पियन बनेका छन् ।
टाइटल होल्डर चोंगरेंग कोरेनलाई नकआउट गर्दै जीत हासिल गरेका हुन् ।
व्यवसायकि फाइटमा नवौं जीत हासिल गर्दै ढाँटले एमएफएन बान्टमवेट श्रेणीको बेल्ट पनि हासिल गरेका छन् ।
‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्र ढाँटको प्रोफेशनल एमएमए रेकर्ड ८–१–० रहेको छ, जसमा ६ नकआउट, १ सबमिसन र १ डिसिजन जित समावेश छन् । ढाँटले नेपालको लक एन रोल (एमएमए) मा प्रशिक्षण लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस