२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यू–२० महिला एसियन कप छनोटमा भुटान र नेपालको बराबरी

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ । भुटान थिम्पुको चाङ्लिमिथाङ स्टेडियममा आजदेखि सुरु भएको खेलमा नेपाललाई भुटानले १–१ को बराबरीमा रोकेको हो ।

पहिलो हाफ १–१ को बराबरीमा रहेको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

खेलको पहिलो मिनेटमै नेपालकी सेनु परियारले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको १८औं मिनेटमा केल्देन वाङमोले गोल गर्दै भुटानलाई बराबरीमा फर्काइन् ।

आजै भएको अर्को खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० ले हराएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट