काठमाडौं । केल्मी नेपालले सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबसँगको प्रायोजन नवीकरण गरेको छ । केल्मी स्पोर्ट्स प्रोडक्ट्स कम्पनी र एपीएफ क्लबबीच ५ वर्षका लागि सम्झौता नवीकरण भएको हो ।
सम्झौता पत्रमा केल्मीको नेपालका लागि आधिकारिक बिक्रेता कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपाने र एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिम्सिनाले हस्ताक्षर गरेका थिए ।
केल्मीले मुख्य प्रायोजनसहित खेल पोसाक र सामग्रीमा एपीएफलाई छुट सुबिधा पनि प्रदान गर्नेछ । केल्मीको प्रायोजन सिनियर महिला र पुरुष फुटबल टोली, महिला र पुरुष भलिबल टोली, पुरुष यू–१६ र १८ फुटबल, ग्रासरुट फुटबल र ब्याडमिन्टनमा रहेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालका बहालवाला कर्मचारी तथा आश्रित परिवारसहित एपीएफ क्लबसँग आबद्ध सदस्य, खेलाडी, प्रशिक्षकले केल्मीका सामग्री खरिदमा २० देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।
प्रतिक्रिया दिनुहोस