काठमाडौं । फिफा महिला वरियतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान माथि उक्लिएको हो । नेपाल अहिले फिफा वरियताको ८७औं स्थानमा छ । यो हालसम्मकै उच्च वरियता हो ।
यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । एसियाली राष्ट्रहरुमध्ये नेपाल १६औं स्थानमा छ ।
महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको नेपाल यही प्रतियोगितापछि वरियतामा ठुलो सुधार आएको हो ।
प्रतिक्रिया दिनुहोस