काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित गरेको छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् ।
नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाएपनि मीना देउवाको प्रहार बारमा लागेको थियो ।
यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस