२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एनपीएल अक्सन : विशाल लुम्बिनी, आदित्य जनकपुर र दीपेन्द्र सुदूरपश्चिममा अनुबन्ध

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा जारी अक्सनबाट विशाल पटेल लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा उनी पाँच लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका हुन् ।

‘सी’ क्याटागोरीका विशाललका लागि पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । लक्की ‘ड्र’ हुँदा लुम्बिनीले बाजी मारेको हो ।

त्यस्तै, जारी अक्सनबाट जनकपुर बोल्ट्सले आदित्य महतालाई पाएको छ । ‘सी’ क्याटागोरीका आदित्यका निम्ति जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । लक्की ‘ड्र’ हुँदा जनकपुरले बाजी मारेको हो ।

नेपाल प्रिमियर लिगको जारी अक्सनमा दीपेन्द्र थापा सुदूरपश्चिममा अनुबन्ध भएका छन् । सी क्याटागोरीका उनी २ लाखमा बिक्री भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट