२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एएफसी यु–२० महिला एसियन कप : नेपाल आज आफ्नो अन्तिम खेल उत्तर कोरियासँग खेल्दै

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्दैछ ।

खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू–२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको थियो ।

उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको छ ।

नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९–० गोलअन्तरले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट