logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • जगदम्बा मोटर्सद्वारा एनटर्कियनको परिवारका लागि राइड कार्यक्रम सम्पन्न

    जगदम्बा मोटर्सद्वारा एनटर्कियनको परिवारका लागि राइड कार्यक्रम सम्पन्न

    7.5K
    Shares

    काठमाडौं ।  जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसरमा एनटर्किएनको लागि सेलिब्रेसन राइड कार्यक्रम सम्पन्न गरेको छ ।

    टिभियस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स हो । यो राइड कार्यक्रम असोज १६ गते नक्सालको टिभीयस शोरुमका साथै धुलिखेलको मिराबेल रिसोर्टसम्म भएको थियो । उक्त अवसरमा महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टिभियसका शोरुमका विक्रेताद्वारा स्वागत कार्यक्रम राखिएको थियो । 

    आर्टिस्ट रोजिलिन श्रेष्ठले लाइभ म्युजिक कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै मनोरञ्जन प्रदान गर्ने खेलका साथै सहभागीसंग अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्ये चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु थियो। 

    यसले सबै राइडरहरुलाई एकअर्का संग जोडिनका लागि ठूलो सहयोग गरेको थियो ।  जगदम्बा मोटर्सप्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने,‘हामी हाम्रो टिभियस परिवारमा ५० हजार सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहित युवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु ।’

    सन् २०१८ मा टिभीयस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend