logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • टी–ट्वान्टी सिरिजः केन्याद्वारा नेपाललाई १३१ रनको लक्ष्य

    टी–ट्वान्टी सिरिजः केन्याद्वारा नेपाललाई १३१ रनको लक्ष्य

    14.9K
    Shares
    टी–ट्वान्टी सिरिजः केन्याद्वारा नेपाललाई १३१ रनको लक्ष्य

    काठमाडौं । घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो ।
    केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै लुकास ओउचले ३० रन बनाउँदा नेल्सन ओडिम्बेले १९, सचिन बुढाइले १७ रन जोडे ।

    बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend