logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

    भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

    1.2K
    Shares
    भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

    काठमाडौं । भारतीय प्रसिद्ध गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गराएका थिए ।

    गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गरेका हुन् । उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन् । उनले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन् ।

    उनलाई आगामी मङ्सिर २ गते काठमाडौंमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालको संयुक्त आयोजनामा ‘समिर अभिनन्दन’ गर्न लागिएको हो । साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए ।

    गीतकार समीरले रचना गर्नुरेका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धड्कन मे’ लगायतका गीत लोकप्रिय छन् । यी गीत नेपालमा पनि अधिक रूचाइने हिन्दी गीतमा पर्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend