२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुलुकको आर्थिक अवस्था मजबुद बनाउने गरी आगामी बजेट निर्माण भइरहेको छ : अर्थमन्त्री वाग्ले

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुद बनाउने गरी आगामी आर्थिक बर्षको बजेट निर्माण भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आर्थिक परिसंवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुद स्थतिमा पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै बजेट लेखनमा त्यसको प्रयास भइरहेको बताएका हुन् ।

उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति रहेको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई पनि मध्यनजर गरिएको बताए ।

निजी क्षेत्रलाई विश्वास लिएरमात्रै आर्थिक विकास सम्भव रहेको भन्दै उनले व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस्तै अर्थमन्त्री वाग्लेले निजी सम्पत्तिको सुरक्षा, सम्झौताहरूको कार्यान्वयन र करको भारलाई कम गर्ने गरी नीतिगत सुधार गरिने उनले बताए । उनले सुशासनका लागि पनि सरकारले गम्भीरतापूर्वक कार्य गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट