२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुलुकमा निजी क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोण अहिले परिवर्तन हुँदै गएको छ : चन्द्र ढकाल

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताएका छन् ।

आइतबार महासंघले ललितपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पहिले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटा नकारात्मक रहेकोमा अहिले दृष्टिकोण परिवर्तन हुँदै गएको र मुलुकको बिकासका लागि योगदान दिने क्षेत्रका रुपमा हेर्ने गरेको बताए ।

अहिले दुई तिहाई नजिकको सरकारले समेत निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएको उनले बताए । उनले रास्वपा नेतृत्वसंगको छलफलमा निजीले भोग्नुपरेको समस्यामा बारेमा जानकारी गराइएको उल्लेख गरे ।

उनले महासंघको साधारणसभाबाट नयाँ कार्यसमिति चयन चुनावी प्रक्रियाबाट हुने निश्चित भएको भन्दै चूनावी प्रक्रियालाई स्वच्छ बनाउन आग्रह गरे ।

नयाँ कार्यसमिति चयनपछि एक भएर महासंघलाई अघि बढाउन उहाले आग्रह गरे । महासंघको ६० औं साधारणसभा सोमबारबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट